उद्वार, राहतको अनुगमन, सूक्ष्म निगरानीका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग

  • मङगलबार १६ भौ २०८३ ११:४० AM
काठमाडौं । नेकपा (एमाले) ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारबाट सञ्चालन हुने संसद बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनका लागि माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको शीघ्र खोजी गर्न माग गरेको छ भने एमालेका प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक ... The post उद्वार, राहतको अनुगमन, सूक्ष्म निगरानीका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग appeared first on Kalika Khabar.