काठमाण्डु – नेकपा एमालेले विपद्पछिको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले संसद् बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको हो ।