काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाढी र पहिरोले विशेषगरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा ठूलो क्षति पुर्याएको जानकारी दिए । उनका अनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डअन्तर्गत विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये