काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोसी बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको र नागरिकको दैनिक जीवन प्रभावित भएको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम