काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लामा ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । उनका अनुसार क्षतिग्रस्त ५३ पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने २० वटा सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । पूर्ण रूपमा