बैतडी । भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्रमार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ । सीमा क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार