सरकारले भन्यो– ‘सुरुङ उद्धारमा प्रगति भएन, प्रयास जारी छ’

  • मङगलबार १६ भौ २०८३ १०:५९ AM
काठमाडौं । सरकारले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा अझै प्रगति हुन नसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कठिन भौगोलिक अवस्थाका बीच उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको भए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा उनले सुरुङ उद्धारका लागि नेपाली टोली सुरुदेखि नै परिचालित रहेको