काठमाण्डु – रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ । भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा भेटिएको हो । गोरखा जिल्लातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताए । हुम्लाको ताजाकोट