काठमाडौँ : राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गरे । सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । सभाको बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, रातह र पुनःस्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । “भौतिक संरचनाको पुनःनिर्माणका लागि तिनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय समुदायलको सहयोग, ... The post भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित appeared first on Kalika Khabar.