महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले