काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी निधन भएकामध्ये पोखरा लगिएका १०२ जनाको शवको पोस्टमार्टम प्रक्रिया सम्पन्न भएको छ । पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ । पोखरामा राखिएका १०२ शवमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४