रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीका कारण फसेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको खोज तथा उद्धारमा अब सम्बन्धित आयोजना प्रवर्द्धक कम्पनीका प्राविधिक टोली पनि परिचालन हुने भएका छन्। बाढी आएको सातौँ दिन सरकारले आयोजनाका कम्पनीलाई आवश्यक जनशक्ति र उपकरणसहित उद्धारमा सहभागी हुन अनुमति दिएको हो। यसअघि सरकारले उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्दै नेपाली सेनाको