कर्णाली प्रदेश सरकारले बाढीपीडितका लागि दुई करोड सहयोग गर्ने

  • मङगलबार १६ भौ २०८३ ०१:४२ PM
सुर्खेत । कर्णाली प्रदेश सरकारले भोटकोशी बाढीपीडितका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  कर्णाली प्रदेश सरकार मंगmलबार बसेको मन्त्रीपरिषद् बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्दार, पुर्र्नःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एंवम् बिपत ब्यबस्थापनका लागि कर्णाली प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड जम्मा गर्ने निर्णय गरेको हो ।  बैठकले कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ ।