काठमाडौं । संसद बैठक भोलि (बुधबार) बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक बोलाउने सहमति भएको हो। प्रतिनिधि सभाको बैठक भदौ १७ गते बोलाउने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। बुधबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी बाढीको विपद्बारे विशेष प्रस्ताव राख्ने भएका छन्। त्यसमाथि संसद्मा प्रतिनिधित्व गर्ने ६ दलका नेताले बोल्ने कार्यसूची तय भएको छ। त्यस्तै, भदौ १८ गते पनि संसद् बैठक बस्ने भएको छ। त्यसपछि तीन दिन सार्वजनिक बिदा भएकाले भदौ ... The post संसद बैठक भोलि बस्ने appeared first on Kalika Khabar.