काठमाण्डु– बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। हाइड्रोपावरका टनेलमा फसेका व्यक्तिको खोजीका लागि विदेशीसहितको संयुक्त उद्धार टोली परिचालन गरि खोज कार्य तीव्र पारिएको हाे । टोलीले चिलिमे हाइड्रोको टनेलमा करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोको टनेलमा करिब २००