पोखरा । गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको