कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध

  • मङगलबार १६ भौ २०८३ ०७:४१ AM
गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध बनेका छन् । आज बिहान आएको पहिरोले कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा माथिबाट खसेको पहिरोका कारण उक्त करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी गुल्मीदरबार गाउँपालिका–३ स्थित घुम्तीमा पनि आज बिहान माथिबाट खसेको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको