काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको थियो । कटानसँगै माथिल्लो भूभागमा चिरा परेर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली