काठमाडौं । भोटेकोसी नदीमा बाढी आएको सातौँ दिन पनि प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी छ । नेपाली सेनाले भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञ तथा प्राविधिक टोलीको सहयोगमा सुरुङभित्र खोजी गरिरहेको छ । सेनाका अनुसार चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा संयुक्त टोली करिब ५० मिटर भित्रसम्म पुगेर खोजी गरेको छ ।