सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

  • मङगलबार १६ भौ २०८३ ०६:४९ AM
सुदूरपश्चिम : सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उनले प्रभावित क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि निर्देशन दिएका हुन् । मुख्यमन्त्री भट्टले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । बैठकले भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । साथै, प्रदेशमा ... The post सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन appeared first on Kalika Khabar.