काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्याउन गम्भीर चुनौती खडा भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी