क्षतिग्रस्त गल्छी–रसुवागढी सडक मर्मत गर्न १३ कामका लागि ‘कोटेसन’ आह्वान

  • मङगलबार १६ भौ २०८३ ०६:३९ AM
काठमाण्डु– गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले विपद्बाट क्षतिग्रस्त सडक तथा संरचना तत्काल मर्मतसम्भार गर्न विभिन्न १३ प्रकारका कामका लागि (कोटेसन) दररेट माग गरेको छ। आयोजनाले गत १४ गते सार्वजनिक सूचना जारी गर्दै योग्य निर्माण व्यवसायीबाट सम्बन्धित कामका लागि दररेट मागेको हो। सूचनामा ग्याबियन रिटेनिङ वाल निर्माण, सडकको सब–बेस तथा रक फिलिङ, सडक खन्ने, ह्युम पाइप राख्ने, मेसिन