भोटेकोशी बाढीः रसुवामा ६६ शव फेला, बेपत्ताको खोजी जारी

  • मङगलबार १६ भौ २०८३ ०७:१५ AM
रसुवा । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरुको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए । त्यसमध्ये छ वटा शव पहिचान भएको छ । फेला परेको शवलाई सङ्कलन गरी धुन्चे ल्याउने तयारी गरिरहेको छ