मिनी स्काभेटर र मड पम्प नहुँदा माथिल्लो त्रिशूली पुगेको कोरियन टोली धुन्चे फर्कियो

  • मङगलबार १६ भौ २०८३ ०७:०१ AM
माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरिएन टोली मिनी स्काभेटर र मड पम्प नभएको कारण काम गर्न नसकेर धुन्चे फर्किएको छ। आवश्यक सामग्री आएपछि पुन फिल्डमा जाने गरी सो टोली धुन्चे फर्किएको हो । प्रभावित क्षेत्रका सुरुङहरूमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासहित भारत, तीन र कोरियाका उद्धार टोली खटिएको छ ।