भक्तपुर । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ भन्छन्, भक्तपुर खुल्ला आकाशमुनिको सङ्ग्रहालय हो । कसैले जीवित सङ्ग्रहालय भन्छन् भने कसैले जीवित किताब भक्तपुरलाई । यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर भन्थे । जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो । रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने गर्ने ठाउँ पनि