काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि उपत्यकामा ग्यास आपूर्ति प्रभावित हुन नदिन राजधानी बाहिरबाटै ग्यास भरेर ल्याउने तयारी गरिएको छ । ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै आवतजावत गर्न नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले राजधानी बाहिर रहेका उद्योगबाट ग्यास भरेर ल्याउने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका