बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०४:३७ AM
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल सहयोग आवश्यक रहेको भन्दै ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायको सहयोगका लागि उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो । “यस्ता कठिन परिस्थितिमा कम्पनीले सधै राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ ।” एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, “मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन । ... The post बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग appeared first on Kalika Khabar.