भद्रपुर । झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष