नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमुना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण