काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालले विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचा नै परिवर्तन गर्नुपर्ने बताएकी छन् । पछिल्ला वर्षमा नेपालका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो र भूकम्पजस्ता विपद्लाई हेर्दा पुरानै शैलीमा निर्माण गरेर मात्र भविष्य सुरक्षित नहुने उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले जुरे