इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ

  • मङगलबार १६ भौ २०८३ ०३:५५ AM
काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ छिन्। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ ठगी गरेको ... The post इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ appeared first on Kalika Khabar.