सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

  • मङगलबार १६ भौ २०८३ ०४:०० AM
चैनपुर । गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिएका छन् । सहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किएका उनी यतिबेला कृषिमा पसिना बगाइरहेका छन् । सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय बोहराले कसैको लहडमा नभई दीर्घकालीन योजनाका साथ कृषि कमैमा होमिएका छन् । जीविकाका लागि होइन,