कपिलवस्तु । कपिलवस्तुको पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । हालै विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले उक्त रकम विपद् उद्धार कोषमा प्रदान