रसुवा भोटेकोसीमा आएको भीषण बाढीले भदौ १० गतेदेखि भदौ १६ गतेसम्म नागरिकको जीवन तहसनहस नै बनाइदिएको छ । जनताका घर बगेका छन्, मानिस बेपत्ता छन्, शव लेदोयुक्त नदीको भेलमा बगिरहेका छन् । जति भेटिएका छन्, ती सबै शव क्षतविक्षत अवस्थामा भेटिएका छन् । मृतकको सङ्ख्या यकिन छैन । बस्ती बगाएका छन्, पुरिएका छन् । परिवार विस्थापित भएका छन्, कतिपयले आफन्तजनको अवस्थाबारे जानकारी पाउन सरकार र सबैसँग हारगुहार गरिरहेका छन् । रुँदै रातदिन बिताएका छन् । बाँचेकालाई यति बेला जीवनकै सबैभन्दा ठुलो सङ्कट पैदा भएको छ। टनेलभित्र फसेकाको अवस्था अनिश्चित छ । प्राकृतिक महाविपत्तिमा परेर बाँचेकाले आफ्ना आफन्तजनको जीवितै उद्धारको आशा बोकेर बसेका छन् । अवस्था निकै नाजुक र हृदय विदारक छ । भोटेकोसी बाढीले नेपालमा गम्भीर मानवीय सङ्कट पैदा गरिदिएको छ । सबैमा एउटा जिज्ञासा पैदा भएको छ ‘सङ्कटको घडीमा सरकार कहाँ छ