गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !

  • मङगलबार १६ भौ २०८३ ०२:३० AM
सुदूरपश्चिम । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरीधाम धर्मकर्मका लागि मात्रै होइन, मृत्यु संस्कारका लागि पनि पवित्र मानिन्छ । त्यसैले त यहाँ टाढा–टाढाबाट मानिस आउने गर्छन् । कैलालीका गोदावरी, धनगढी, गौरीगङ्गा, चुरे र कञ्चनपुरको कृष्णपुरलगायतका क्षेत्रबाट यहाँ शव ल्याउने गरिन्छ । दैनिक करिब सात–आठ वटा शव यहाँ ल्याइने गरिन्थ्यो, तर व्यवस्थित आर्यघाट नहुँदा नागरिकले वर्षौंसम्म दुःख भोग्नुपर्यो