काठमाण्डु – भोटेकोशी बाढीको स्पष्ट उपग्रह तस्बिरहरू सार्वजनिक भएपछि यो केवल हिमनदी भत्किएका कारण मात्र नभइ बरु नेपालमा रहेको ७ हजार २३४ मिटर अग्लो लाङटाङ लिरुङ हिमालको उत्तरी भिरालो भागको ठूलो हिस्सा नै भत्किएको तथ्य बाहिर आएको छ । विश्लेषकहरूका अनुसार करिब ५ हजार मिटरको उचाइमा रहेको हिमालको भिरालो भाग भत्किएर त्यसको माथि रहेको हिमनदीको