हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि स्थानीय प्रशासनले साना तथा ठूला यात्रुवाहक सवारीका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधन काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट हेटौँडा फर्किंदा भने फर्पिङ-फाखेल–कुलेखानी–भीमफेदीको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक