प्रधानमन्त्रीको दाबी- ‘बाढी प्रभावितको उद्धार र राहतमा सरकार लागिपरेको छ’

  • सोमबार १५ भौ २०८३ ०५:०७ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयंसेवक संस्था तथा