तेह्रथुम। फेदाप गाउँपालिकाले बाढी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ। गाउँपालिकाले सोमबार प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले जानकारी दिए। सोमबार गाउँपालिकाको कार्यालयमा बसेको वडाध्यक्ष मनबहादुर श्रेष्ठ नेतृत्वको दैवीप्रकोप समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग जम्मा गर्ने निर्णय गरेको थियो। गाउँपालिकाले अकल्पनीय र त्यसबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । अध्यक्ष भेटुवालले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।