काठमाडौं । नेपाली अटोमोबाइल बजारमा अटोप्रेमीहरूको प्रतीक्षामा रहेको कियाको नयाँ विद्युतीय एसयूभी किया क्लाभिस ईभी भित्र्याउने प्रक्रिया सुरु भएको छ। किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले उक्त आधुनिक विद्युतीय गाडी नेपाल ल्याउने तयारी तीव्र पारेको हो। भारतीय उत्पादन केन्द्रबाट बजारमा आएको यो विद्युतीय एसयूभी नेपाली उपभोक्तामाझ ल्याउन कम्पनीले आवश्यक आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ। नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले बजार प्रवेशअघि नै यसको मूल्यसमेत सार्वजनिक गरिसकेको छ। सार्वजनिक विवरणअनुसार किया क्लाभिस ईभीको नेपाली बजारका लागि अधिकतम खुद्रा मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम ... The post नेपाली बजारमा भित्रिँदै किया क्लाभिस ईभी, मूल्य ५६ लाख ९० हजार रुपैयाँ appeared first on Kalika Khabar.