काठमाडौं । सरकारले बाढीपहिरो लगायतका विपद्मा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पुर्याएर व्यवस्थापन भइरहेको स्पष्ट पारेको छ । सोमवार सिंहदरबारमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शव व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिएका हुन् । उनले पहिचान नभएका तथा बेवारिसे शवहरूको