एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ हस्तान्तरण

  • सोमबार १५ भौ २०८३ ०७:५६ PM
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । सोमबार एनआरएनएका पदाधिकारीसहितको टोलीले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री शिशिर खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।  सहयोग रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले बाढी तथा पहिरोबाट भएको क्षति तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नरहेको भन्दै पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने बताए । उनले विपद्पछि तत्काल उद्धारसँगै जनस्वास्थ्य, शव व्यवस्थापन, राहत वितरण तथा विस्थापित नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । ठूलो संख्यामा नागरिकले घरबार तथा व्यवसाय गुमाएकाले त्यसपछि निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।  मन्त्री खनालले अर्थमन्त्रीले प्रारम्भिक अनुमानका आधारमा विपद्बाट करिब पाँच अर्ब अमेरिकी डलर बराबरको क्षति भएको हुनसक्ने सार्वजनिक रूपमा बताएको उल्लेख गर्दै नेपाल सरकारले मात्रै पुनर्निर्माण गर्न नसक्ने बताए । उनले भने, ‘अहिलेको प्रारम्भिक चरणपछि अझै थुप्रै हाम्रा आवश्यकताहरू बढ्दै जानेछन् र ती आवश्यकताहरू नेपाल सरकार एक्लै गर्न सक्छौं भन्ने लाग्दैन ।’ उनले उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका चरणमा समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए । मन्त्री खनालले एनआरएनएसँग सबै चरणमा सहकार्य हुने विश्वास व्यक्त गर्दै राहत वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरे ।  उनले राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक पीडितसम्म राहत पुग्ने सुनिश्चित गर्न सरकारले ‘वान डोर’ नीति अघि बढाएको बताए । राहत वितरणअघि र पछि आवश्यक जानकारी सरकारलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।  उनले पछिल्लो विपद् सामान्य बाढीभन्दा फरक प्रकृतिको रहेको बताए । नुवाकोटको विदुर पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै उनले रसुवा र नुवाकोटका थुप्रै बस्तीमा विपद्ले ठूलो असर गरेको बताए । एनआरएनएका अध्यक्ष डा