नुवाकोट । भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले सक्रिय रुपमा भूमिका खेलिरहेको छ । बाढीपश्चात घाइते बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउनेदेखि विभिन्न सामग्री वितरण गरिरहेको छ । स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको रेडक्रस शाखा नुवाकोटले बाढी पश्चात आफ्नो परिवारसँग सम्पर्क विच्छेद भएका परिवारसँग सम्पर्क स्थापना गर्नेदेखि घाइतेको प्राथमिक उपचारका