एमएडब्ल्यू ग्रुपवारा सरकारलाई १ करोड ११ लाख आर्थिक सहयोग

  • सोमबार १५ भौ २०८३ ०२:०७ PM
काठमाडौं । हालै रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको सहयोगका लागि एमएडब्ल्यू ग्रुपले सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । सोमबार एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुप्रसाद अग्रवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।