नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा नक्कली क्युआर कोड तथा बैंक खाता प्रयोग गरी रकम संकलन गर्ने गतिविधि हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विपद्को समयमा सहयोग रकम पठाउँदा बैंक खाता र क्युआर कोडको आधिकारिकता सुनिश्चित गर्न आग्रह गरेको हो।