बाढीले ढुवानी व्यवसायमा ठूलो धक्का : सयौँ गाडी बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

  • सोमबार १५ भौ २०८३ १२:४४ PM
भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो संख्यामा ट्रक तथा कन्टेनर बगाएको छ । बाढीका कारण चार सयभन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष