नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा ग्रुपसँग एसोसिएट भएका कम्पनीहरूको तर्फबाट १० करोड रुपैयाँ सहयोग गरिएको बताएका छन् । ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो । उनले विपद्पछि राहत तथा उद्धारका लागि निजी क्षेत्र, आम नागरिक र सरकार सबै एकजुट हुनुपर्ने बताए । उनले