रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुन: सञ्चालन

  • सोमबार १५ भौ २०८३ ११:१९ AM
काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुन: सञ्चालनमा आएको छ । जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुन: सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ । बाढीबाट विद्युत्