काठमाडौं । हरवा–चरवा अधिकारको माग गर्दै जनकपुरधामस्थित मधेस भवन अगाडि शुरु गरिएको धर्ना कार्यक्रम एक सातादेखि निरन्तर जारी छ । हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा विभिन्न माग राख्दै शुरु गरिएको यस धर्नामा मधेसका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । संघर्ष समितिले हरवा–चरवा परिवारको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया तत्काल अघि बढाउन