काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ । चेम्बरले सोमबार विज्ञप्तिमार्फत अपिल गरेको हो । आगामी तीज, दशैँ, तिहार, छठ, नेपाल संवत्, रमजान लगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग